कालापानी : सीमा क्षेत्रका नागरिकहरूका लागि विशेष प्याकेज ल्याइने

काठमाडौं । सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकहरूका लागि विशेष प्याकेज ल्याउने सरकारको तयारी रहेको गृहमन्त्री रामबहादुर थापाले बताएका छन्।

कालापानी क्षेत्रको भ्रमणपश्चात् दार्चुला सदरमुकाम खलङ्गामा पत्रकार भेटघाट कार्यक्रममा थापाले उक्त भनाइ राखेका हुन्।

‘सीमा क्षेत्रका नागरिकहरूको उचित ढङ्गले व्यवस्थापन नगरिए सीमा सुरक्षा हुन सक्दैन, त्यस विषयमा सरकारको ध्यानाकर्षण भएको छ। सीमा क्षेत्रका जनताका लागि विशेष कार्यक्रम ल्याउन लागेका छौँ’ गृहमन्त्री थापाले भने।

देशको सीमा सरकार एक्लैले सुरक्षा गर्न नसक्ने भएकाले सीमामा रहेका जनतालाई विशेष प्याकेज ल्याई उनीहरूलाई आत्मनिर्भर र सुरक्षित गराउन जरुरी भएको उनले बताए।

श्रोत बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?