के कुलेखानी भरिँदैछ ?

काठमाडौं – लगातारको भारी वर्षा भएपछि मकवानपुरको कुलेखानी जलविद्युत आयोजनाको इन्द्रसरोवर जलाशयमा पानीको सतह १ हजार ५ सय २५ दशमलव २९ मिटरमाथि पुगेको छ ।

कुलेखानी ड्याममा १ हजार ५ सय २७ मिटरसम्म पानीको सतह पुग्नेबित्तिकै कुलेखानीको ढोकाहरु खोलिने आयोजनाले जनाएको छ । यसअर्थ अब पानीको सतह ३ मिटर बढ्यो भने ड्यामको ढोकाहरु खोलिनेछ ।

गत वर्ष असोजमा जलाशयमा पानीको सतह १ हजार ५ सय २७ दशमलव ७० मिटर पुगेको थियो ।

कुलेखानी जलविद्युत आयोजना मकवानपुरस्थित देशकै ‘पावर ब्याकअप’ को रुपमा परिचित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?