कोरोनालाई लिएर ‘डब्ल्यूएचओ’ले दियो अहिलेसम्मकै डरलाग्दो चेतावनी !

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिले हरेक दिन जसो नै हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु यसबाट संक्रमित बनिरहेका छन् ।

कोरोना विरुद्धको भ्याक्सीन बनाउन वैज्ञानिकहरु अहोरात्र खटिए पनि अहिलेसम्म पूर्ण सफलता भने हात पार्न सकेका छैनन् ।

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।

यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाविरुद्धको खोप पत्ता लाग्नुअघि विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २० लाख पुग्न सक्ने चेतावनी दिएको छ ।

विश्व स्वास्थ्य संगठनको आपतकालीन सेवाका प्रमुख डा. माइक रायनले उक्त चेतावनी दिएका हुन् । माइक रायनले कोरोना संक्रमणबाट बच्नको लागि एकीकृत र प्रभावकारी कदम चाल्नुपर्ने समेत बताएका छन् ।

रायनले कोरोना महामारी रोक्न राम्रो उपचार र प्रभावकारी खोपमात्रै सबथोक नभएको समेत बताएका छन् ।

कोरोनाबाट बच्नको लागि उनले सबै देशका सरकारहरुले कोरोना नियन्त्रणका लागि सम्भव भएसम्मका उपाय र विश्व स्वास्थ्य संगठनले जारी गरेका नियम कडाइका साथ लागू गर्नुपर्नेमा जोड दिएका छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?