काठमाडौं । कोरोनाको कारण धादिङमा ३२ वर्षीया महिलाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा धादिङमा १ जना महिला र ३ जना पुरुषसहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज देशभर १७ जनाको कोरोनाको कारण मृत्यु भएसँगै कुल मृतकको संख्या ४५३ पुगेको छ । जसमध्ये काठमाडौं उपत्यकामा मात्र ६ जना मृतक थपिएका छन् । हाल देशभर १८ हजार ४ सय ३७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ६९ हजार ३ सय १ पुगेको छ । हालसम्म कुल संक्रमित मध्ये ७२ दशमलव ७ प्रतिशत अर्थात ५० हजार ४ सय ११ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया