काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ७५५ जनामा कोरोना संक्रमकण पुष्टि भएको छ ।
जसमध्ये काठमाडौंमा ६०९ जना, भक्तपुरमा ५१ जना र ललितपुरमा ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर सबैभन्दा बढी काठमाडौंमा संक्रमितहरु थपिएका छन् ।
त्यस्तै बितेको २४ घण्टामा नेपालमा थप १ हजार ४९७ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका ११ हजार ४४९ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार ४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जनासहित देशभर ५१३ महिला र ९८४ जना पुरुष संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ ।
यस्तै बितेको २४ घण्टामा थप ४५७ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ५० हजार ४११ पुगेको छ । पछिल्लो एक सातादेखि संक्रमणमुक्त हुनेको संख्या बढीरहेको छ । यो कुल संक्रमितको ७२.७ प्रतिशत हो ।
यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या १८ हजार ४३७ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ९ हजार ८२३ जना र संस्थागत आईसोलेसनमा ८ हजार ६१४ जना छन् । तिमध्ये २३२ जना संक्रमितको आईसियु र २८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ६ हजार ५६५ जना रहेका छन् ।
यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सिरहा, ललितपुर, भक्तपुर,चितवन गरि ७ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।
नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ४५३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोनाको कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृतकमध्ये ५ जना महिला र १२ जना पुरुष रहेका छन् पछिल्लो समय नेपालमा कोरोना संक्रमित र मृतकको संख्या बढिरहेको छ ।
डाक्टर गौतमका अनुसार सोलुखुम्बु, मुस्ताङ, डोल्पा, रसुवा, हुम्ला र मुगु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।
हिजो (बुधवार) नेपालमा १ हजार १७२ जनामा संक्रमण पुष्टि भएको थियो । १ हजार ८२३ जना संक्रमणमुक्त भएका थिए भने ७ जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया