काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह केसीको मृत्युको गुत्थी अब सुल्झिँदै गएको छ ।
सेन्ट्रल फोरेन्सिक साइन्स ल्याबका अनुसार उनको मृत्युमा कुनै पनि किसिमको फाउल प्ले नमिलेको बताइएको छ ।
बान्द्रास्थित फ्ल्याटमा क्राइम सीन रिक्रिएशन पछि सुशान्तको मृत्यु झुण्डिएरै भएको सीएफएसएलले बताएको छ ।सीबीआईलाई सीएफएसएलले रिपोर्ट दिएको छ ।
रिपोर्टमा यसलाई पूर्ण फाँसी भनिएको छैन । मृतकको खुट्टा पूर्ण रुपमा हावामा नभएको कारण यसलाई पूर्ण रुपमा झुण्डिएर मरेको भनिएको छैन ।
उनको खुट्टा बेड वा स्टूलमा टेकिएको बताइएको छ ।उनले दुबै हातको प्रयोग गरेर फाँसी लगाएको हुनसक्ने बताइएको छ । उनले दायँ हात आफूलाई झुण्ड्याउनका लागि प्रयोग गरेका थिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया