विश्वराजको ‘हेड सर’ प्रकरणमा दुवै पक्षबाट माफी, विद्यालयले के भन्यो ?

लोकपथ
350
Shares

काठमाडौं । गत निर्वाचनमा रास्वपाबाट निर्वाचित विश्वराज पोखरेलले एक जना प्रधानध्यापकलाई गरेको व्यवहारको विषय अहिले मत्थर भएको छ ।

दुवै पक्षले एकअर्कासँग माफी मागेपछि अहिले विषय मत्थर भएको हो ।

ओखलढुंगाबाट निर्वाचित रास्वपाका सांसद पोखरेल गत वैशाख १० गते जिल्लाको चण्डेश्वरी माद्यमिक विद्यालय पुगेका थिए । पूर्वनिर्धारित कार्यक्रम पनि प्रधानाध्यापक सन्त बहादुर मगर आफ्नो कार्यकक्षमा व्यस्त रहेका कारण उनको स्वागतका लागि नपुगेको भन्दै पोखरेलले झपारेका थिए । उक्त भिडियो सामाजिक सञ्जालमार्फत् यत्रतत्र भएसँगै पोखरेलले माफी मागेका छन् ।

यता विद्यालयले विज्ञप्ति नै जारी गरेर त्यस दिनको विषयमा प्रष्ट पारेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर बुढाथोकी र प्रधानाध्यापक मगरले संयुक्त रुपमा विज्ञप्ति निकाल्दै क्षमायाचना गरेका छन् ।

‘…हतारिँदै विद्यालयका मागपत्रसहित माननीय बाहिरी गेटमा भेट तथा स्वागत गर्ने क्रममा माननीयका अभिव्यक्तिप्रति प्र अ ले मनन गरी क्षमा याचनासहित मागपत्र पेश गरी विद्यालयको कार्यालयमा गई विविध पक्षमा छलफल भइ सौहार्दपूर्ण वातावरणमा उहाँको टिमसँग बिदा भएको अवस्थामा यस घटनाले माननीयज्यूलाई मान मर्यादामा पर्न गएको आघातप्रति विद्यालय परिवार पुनः क्षमा याचना गर्दछ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

त्यसो त सांसद पोखरेल विद्यालयमा निरीक्षण र छलफलमा जाने पूर्वनिर्धारित कार्यक्रम रहे पनि पोखरेल पुग्दा प्रधानाध्यापक मगर विद्यालयकै काममा व्यस्त रहेका थिए ।

तर आफू गेटमा पुग्दा समेत कोही नदेखेपछि पोखरेलले आफू माननीय रहेको र पूर्व विशिष्ट कर्मचारी रहेको भन्दै सम्मान गर्न नजानेको भन्दै कड्किएका थिए ।

यता विश्वराजले पनि आफूबाट केही त्रुटी रहेको भन्दै क्षमायाचना गरिसकेका छन् ।

‘सार्वजनिक जीवनमा रहँदा मेरो बोली, व्यवहार र संयम अझ उच्चस्तरको हुनुपथ्र्यो भन्ने कुरा म पूर्ण रुपमा स्वीकार गर्छु । यदी कसैको व्यवहारमा असहज परिस्थिति सिर्जना भएको भए पनि मैले अझ बढी धैर्य, मर्यादा र सम्मानका साथ प्रतिक्रिया दिनुपथ्र्यो । त्यस क्रममा मेरो अभिव्यक्ति वा व्यवहारले कसैको आत्मसम्मान, भावना वा मर्यादामा चोट पुगेको भए म हृदयदेखि क्षमयाचना गर्दछु,’ पोखरेलले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?