कीर्तिपुरमा विद्यार्थी संगठनले मागे शिक्षामन्त्रीको राजीनामा

लोकपथ
77
Shares

काठमाडौं । सरकारले विद्यार्थी संगठनहरू खारेज गर्ने निर्णय गरेको विरोधमा संयुक्त विद्यार्थी संगठनले मार्चपाससहित विरोध प्रदर्शन गरेका छन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा विद्यार्थीले विद्यार्थी संगठनहरू खारेज गर्ने तयारी विरुद्ध विरोधसहित मार्चपास गरेका हुन् ।

प्रदर्शनरत विद्यार्थीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको राजीनामा समेत मागेका गरेका छन् ।

मार्चपास कार्यक्रममा बोल्दै अनेरास्ववियका उपाध्यक्ष अशोक थापाले विद्यार्थी संगठन खारेज गर्ने र विद्यार्थी संगठनलाई क्याम्पस प्रवेश गर्न निषेध गर्नेगरी मन्त्रिपरिषद्बाट निर्णय गर्ने सरकारको तयारीविरुद्ध आफूहरु आन्दोलनमा रहेको बताए ।

उनले नेपालको इतिहासको सबै आन्दोलनमा विद्यार्थी संगठनको भूमिका रहँदै आएको स्मरण गर्दै विद्यार्थी संगठन खारेज गर्न नपाइने बताए ।

उनले भने, ‘बालेन सरकार आइसकेपछि विद्यार्थी संगठन खारेज गर्ने र विद्यार्थी संगठनलाई क्याम्पस प्रवेश गर्न निषेध गर्नेगरी मन्त्रिपरिषद्बाट निर्णय गर्ने कुरा आयो । त्यसको विरुद्ध हामी संयुक्त विद्यार्थी आन्दोलन सडकमा छौँ । विद्यार्थी संगठन कहाँ हुने कहाँ नहुने ? यो सरकारको विषय होइन । विद्यार्थी संगठन कम्पनीजस्तै दर्ता हुनुपर्ने कुरा त होइन होला नि । नेपालको इतिहासको हरेक आन्दोलनको अग्रमोर्चामा विद्यार्थी संगठन छन् । यो अझै रहनुपर्छ ।’

उनले सरकारले विद्यार्थी संगठन खारेज गर्ने घोषणा फिर्ता नलिएसम्म आन्दोलन जारी रहने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?