परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संयुक्त राष्ट्र सङ्घको ७५ औँ महासभाका सिलसिलामा न्युयोर्कमा आज भएको भूपरिवेष्टित विकासोन्मुख राष्ट्रको १९ औँ मन्त्रीस्तरीय बैठकलाई अप्रत्यक्षरुपमा काठमाडौँबाट सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले भूपरिवेष्टित विकासोन्मुख राष्ट्रहरुले स्वास्थ्य र आर्थिक सङ्कटको दोहोरो समस्याबाट आफूलाई जोगाउन सङ्घर्ष गरिरहेका बताए।
उनले भूगोलको कठोरतामा जकडिएको भूपरिवेष्टित विकासोन्मुख राष्ट्रको अर्थतन्त्रलाई मुक्ति दिलाएर रुपान्तरण गर्न कम्प्युटरका माध्यमबाट व्यापारिक कारोबार‘डिजिटल’ प्रविधि महत्वमा जोड दिए ।
मन्त्री ज्ञवालीले राष्ट्र सङ्घका महासचिवले भिएना कार्ययोजनाको द्रुत कार्यान्वयनका निम्ति अघि सार्नुभएको मार्गचित्रको स्वागत गर्दै भूपरिवेष्टित विकासोन्मुख राष्ट्र, तिनलाई पारवहन सुविधा उपलब्ध गराउने राष्ट्र, विकासका साझेदार, राष्ट्र सङ्घ र अन्य सरोकार पक्षबीच प्रभावकारी साझेदारी हुनुपर्ने बताए ।
‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा साकार पार्न नेपाललाई भूजडित राष्ट्रमा रुपान्तरण गर्ने दृष्टिकोणबारे बताउँदै उनले भूपरिवेष्टित विकासोन्मुख देशलाई अहिलेको सङ्कटबाट पार लगाउन र भविष्यमा सबल बनाउन पूर्वानुमानयोग्य एवं विश्वसनीय पारवहन व्यवस्था, सम्पर्क सञ्जालका भौतिक पूर्वाधारका साथै फलदायी क्षमता बढाउन आवश्यक सहयोग हुनुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया