काठमाडौं । भारतको हिमाञ्चल प्रदेशमा मंगलवार राती एक अस्पतालमा कोरोना भाइरस संक्रमित ५४ वर्षीया महिलाले झुण्डिएर आत्महत्या गरेकी छन् ।
उनी बितेको हप्ता मात्र संक्रमित भएकी थिइन् । १८ सेप्टेम्बरमा कोरोना पुष्टि भएपछि दीनदयाल अस्पतालमा भर्ना भएकी महिलाले आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
उनले राती १२ बजेर १० मिनेटमा झुण्डिएर आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । अस्पतालसँग रिपोर्ट मागेर अहिले प्रहरीले अनुसन्धान थालेको छ । अहिले उनको पोस्टमार्टम भईरहेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया