काठमाडौं । नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य तथा नुवाकोटका क्रियाशिल पत्रकार शिव देवकोटामाथि नुवाकोटको सदरमुकाम विदुरस्थित एक होटलमा आक्रमण भएको बताइएको छ ।
देवकोटामाथि पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनाल, सचिव जगदिश खनाल, सदस्य सुजित भण्डारी लगायतका ब्यक्तिबाट आक्रमण भएको नेपाल प्रेस युनियनले जनाएको छ ।
प्रेस युनियनले घटनाको कडा शब्दमा निन्दा गर्दै नेपाल पत्रकार महासंघमा गैह्रपत्रकारहरुको सदस्यता खारेजीको पक्षमा आवाज उठाउँदै आएका देवकोटामाथि आक्रमण हुनुले चिन्तित बनाएको बताएको छ ।
महासंघका महासचिव अजयबाबु सिवाकोटीले जारी गरेको विज्ञप्तिमा सो घटनामा तादी गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डेको भूमिकाको पनि भत्सर्ना गरिएको छ ।
युनियन पत्रकार देवकोटामाथि भएको आक्रमणको निष्पक्ष छानविन गरि दोषीउपर कानुनी कार्वाही गर्न तथा पत्रकारहरुलाई भय रहित वातावरणमा काम गर्ने वातावरण बनाउन आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया