काठमाडौं । युथ कांग्रेस नेपालले अनसनरत डा गोविन्द केसीको जीवन रक्षाको माग गर्दै मानव अधिकार आयोगमा उजुरी दर्ता गराएको छ ।
भदौ २९ गते जुम्लामा आफ्नो १९ औँ अनसन शुरु गरेका डा केसीलाई मंगलवार काठमाडौं ल्याइयो । उनलाई विमानस्थलबाट सिधै राष्ट्रिय ट्रमा सेन्टर लगिएको थियो ।
स्वास्थ्य नाजुक हुँदाहुँदै केहि संयमता नदेखाई डाक्टर केसीले नचाहँदा-नचाहँदै प्रहरीहरुले निर्ममतापूर्वक बोकेर ट्रमा सेन्टर भित्र लिएर गएको हुँदा सो कार्य नेपालको लोकतान्त्रिक संविधान, नेपाल पक्ष भई अनुमोदन गरेका मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय कानुन र महासन्धीहरु विपरित भएको भन्दै जीवन रक्षाको माग गरिएको छ ।
“नेपाल पक्ष भएको नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञा पत्र , १९६६ को धारा ७ ले कसैलाई पनि त्रुर, अमानविय वा अपमानजनक व्यवहार गर्न नहुने भनि स्पष्ट लेख्दा लेख्दै नेपाल सरकारले आफूले नै अनुमोदन गरेको महासन्धी विपरित बारम्बार कार्य गरिरहदा सम्मानित राष्ट्रिय मानव अधिकार आयोगले ठोस कदम चाल्न अनुरोध गर्दर्छौ ।” बुझाइएको ज्ञापन पत्रमा भनिएको छ ।
साथै डाक्टर गोविन्द के।सी अनसनरत अवस्थामा उनको स्वास्थलाई असर पर्ने कुनै कानुनविपरीत कार्य नगराउन पहल गर्न र उनको जीवन रक्षाको लागि अग्रसर भई लाग्न अनुरोध गरिएको संयोजक सचिन तिमल्सेनाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया