कैलाली । करेन्ट लागेर कैलालीमा एक जनाको आज मृत्यु भएको छ ।
गौरिगङ्गा नगरपालिका– १० स्थित धानखेतको बिचबाट गएको विद्युतको खुला तारमा करेन्ट लागेर सोही ठाउँका २९ वर्षीया रघुवीरसिंह धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।
करेन्ट लागेर मृत्यु भएका धामीसँगै रहेका पाँच जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिई सोधपुछ गरिरहेको प्रहरी नायब उपरीक्षक विष्टले बताए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया