काठमाडौं – केहि दिनदेखि सक्रिय भएको मनसुनका कारण पहिरोको कहर बढ्न थालेको छ ।
पृथ्वी राजमागअन्तर्गत धादिङको गजुरी गाउँपालिका – ५ स्थित गलौदीमा गएको पहिरोले राजमार्गमा गुडीरहेका दुई वटा सवारी पुरेको छ ।
काठमाडौंबाट धनगढि जाँदै गरेको ना ६ ख ६४०८ नम्बरको कन्टेनर र काठमाडौं आउँदै गरेको एचआर ३३ – ९९०१ नम्बरको भारतीय कन्टेनरको आधा भाग पुरेको हो ।
दुईवटा ठूला सवारी बिच सडकमा पहिरोले पुरेसँगै राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । अहिले सो क्षेत्रमा सवारीको निकै चाप छ । डोजरको सहायताले पहिरो पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
उता नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नौबिसे सडकखण्ड एकतर्फी मात्र सञ्चालनमा रहेको छ ।
इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो डाँडा र धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित बाँदरेभीरमा खसेको पहिरो र लेदो पन्छाईनसकेका कारण सडक एकतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया