काठमाडौं । चीनसँग भईरहेको सीमा विवादको तनावका बीच भारतीय नौसेना र अस्ट्रेलियाका नौसेनाले बुधवारबाट संयुक्त सैन्य अभ्यास गर्ने भएका छन् ।
हिन्द महासागरमा हुने यस दुई दिवसीय अभ्यासमा नौसेनाले जटिल नौसैनिक अभ्यास गर्नेछन् । साथै विमान विरोधी ड्रिल र हेलिकप्टर अभियानको साथमा नौसेनाले अभ्यास गर्ने भएका हुन् ।
जून देखि अहिलेसम्म भारतीय नौसेनाले चौथो पटक सैन्य अभ्यास गरिरहेको छ । यो नौसैनिक अभ्यास सीमामा चीन र भारतबीचमा चलिरहेको विवादलाई मध्यनजर गर्दै आयोजना गरिएको हो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया