जफत गरिएको प्याज सर्वसाधारणलाई बेचिने, कति पर्ला मूल्य ?

काठमाडौं – बजारमा कृत्रिम अभाव गराई कालोबजारी गरिरहेका व्यापारीबाट जफत गरेको प्याज सरकारले सर्वसाधारणलाई बेच्ने भएको छ ।

हिजो (मंगलबार) बसेको जिल्ला प्रशासन कार्यालय काठमाडौं, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, खाद्य व्यवस्था तथा व्यापार कम्पनीलगायतको संयुक्त बैठकले जफत गरिएको प्याज बिक्री गर्ने निर्णय गरेको हो ।

सर्वसाधारणलाई प्रतिकिलो ६० रुपैयाँ नबढ्ने गरी बिक्री गर्न आदेश दिइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।

वाणिज्य विभाग, काठमाडौं महानगरपालिका, प्रहरी र उपभोक्ता अधिकारकर्मीसहितको टोलीले भदौ ३१ मा गरेको अनुगमनमा २ सय १९ बोरा प्याज जफत गरेको थियो ।

भारतले भदौ २९ देखि निर्यात रोकेपछि नेपालमा कृत्रिम अभाव गराई प्याजको कालोबजारी भइरहेको छ । भारतले निर्यात बन्द गरेको दुईरतीन दिनमै मूल्य दोब्बर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?