काठमाडौं । डा. गोविन्द केसीले ट्रमा सेन्टरबाट स्वेच्छिक डिस्चार्ज लिएका छन् ।
अनसनरत केसीले आज ट्रमा सेन्टरबाट स्वेच्छिक डिस्चार्ज लिएका हुन् । दिउँसो ट्रमा सेन्टर पर्याइका केसीले साँझ स्वेच्छिक डिस्चार्ज लिएका हुन् ।
९ दिनदेखि अनसनरत केसी आज नै नेपालगञ्जबाट आएका थिए । उनले त्रिवि शिक्षण अस्पताल जान खोजेपनि प्रहरीले जबर्जस्ती ट्रमा सेन्टर पुर्याएको थियो । केसीले शिक्षण अस्पतलमा आफुलाई भर्ना नगर्दासम्म कुनै परीक्षण गर्न नदिने र उपचार पनि नलिने अडान लिएपछि उनलाई आज नै शिक्षण अस्पताल सारिएको हो ।
केसीका समर्थकहरुले ‘वि आर विथ जिकेसी’, ‘डा केसी एक्ला छैनौं, हामी तिम्रो साथ छौं’ लगायतका नारा लगाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया