काठमाडौं – गुल्मीमा पहिरोमा पुरिएर २ जना पैदल यात्रीको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
इस्मा गाउँपालिका वडा नम्बर–२ रातचौरमा बाटोमाथिबाट खसेको पहिरोमा परेर बाटोमा हिँडिरहेका उनीहरुलाई पुरेको हो ।
मृत्यु हुनेमा ३९ वर्षका प्रेमबहादुर कुमाल र सोही ठाउँका ५ वर्षका सफल कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
पहिरोमा ६० वर्षका तिलक कुमाल घाइते भएका छन् । घाइते तिलकको गएराति (सोमबार) राति नै उद्धार गरिएको थियो ।
पहिरोमा पुरिएर ज्यान गुमाएका दुई जनाको शव नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले आज (मंगलबार) फेला पारेको हो । उनीहरु आफन्तको घरमा पूजामा गएर फर्किँदै गर्दा बाटोमा हिँडीरहकै अवस्थामा आथिबाट खसेको पहिरोले पुरेको थियो । 9फाईल फोटो)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया