ड्रग्स कनेक्शनमा दीपिका पादुकोणको च्याट बाहिरियो : सोधेकी थिइन्, ‘माल छ र ?’

काठमाडौं । बलिउड अभिनेता सुशान्त् सिंह राजपूतको मृत्युसँग जोडिएको ड्रग्स कनेक्शन केस एनसीबीले अनुसन्धान गरिरहेको छ ।

दीपिका पादुकोण

यस अनुसन्धानमा बलिउडका केहि ठूला कलाकार समेत फसेका छन् ।

दीपिका पादुकोण

श्रद्धा कपूर, रकुल प्रित, सारा अली खानजस्ता चर्चित बलिउड अभिनेत्रीहरुको नाम जोडिएको थियो । यसैबीच अब भने अर्की बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोणको नाम ड्रग्स कनेक्शनमा जोडिएको छ ।

दीपिका पादुकोण

दीपिका पादुकोणले जया साहाको कम्पनीकी म्यानेजर करिश्माको साथमा भएको ड्रग्स च्याटको बारेमा खुलासा भएको छ । यो खुलासा एनसीबीले गरेको हो ।

दीपिका पादुकोण

एनसीबीले ह्वाट्सएप च्याटमा दीपिकाले ड्रग्सको बारेमा च्याट गरेको कुरा भेट्टाएको हो । दीपिकाले करिश्मालाई सोधेकी छ्न, के तिमीसँग माल छ ? यसमा करिश्माले छ, तर घरमा, म अहिले बान्द्रामा छु भनेकी छन् ।

दीपिका पादुकोण

यसमा करिश्मा कोहि अमितको नाम लिएर भन्छिन्, ‘म अमितको माध्यमबाट तिमीलाई पठाउन सक्छु, त्यसमा दीपिका भन्छिन्, एस प्लीज, केहि समय पछि करिश्मा भन्छिन्, अमित लिएर जाँदैछ, त्यसपछि दीपिका भन्छिन्, ह्याश छ नि ? तर करिश्मा भन्छिन्, ह्याश होइन गाँजा हो ।’

दीपिका पादुकोण

एक पछि अर्को गर्दै अहिले चर्चित बलिउड कलाकारहरु ड्रग्स केसमा समातिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?