काठमाडौं । नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ४२७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृतकमध्ये १३ जना पुरुष र ३ जना महिला रहेका छन् । पछिल्लो समय देशभर कोरोना संक्रमितको संख्या बढिरहेको छ । आज थपिएका मृतक हालसम्मकै उच्च हो । हिजो(आइतवार) मात्र थप १० जनाको कोरोनाको कारण मृत्यु भएको थियो ।

हाल नेपालमा १७ हजार ६ सय ११ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै हालसम्म कुल संक्रमितमध्ये ७२ प्रतिशत अर्थात ४७ हजार २ सय ३८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा मात्र थप १ हजार ५ जना कोरोना मुक्त भएको मन्त्रालयले जनाएको छ । हालसम्म ७ हजार ४ सय ३ जना क्वारेन्टाइनमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया