काठमाडौं – १० पटक अक्सिजनबिना सगरमाथा आरोहण गरेका आङरिता शेर्पाको निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दु:ख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै ओलीले उनको निधनले अत्यन्त दु:खित तुल्याएको बताएका छन् ।

‘हिम चितुवा’ उपनामले परिचित पर्वतारोही आङरिता शेर्पाको सोमबार विहान १० बजे जोरपाटीस्थित आफ्नो छोरीको घरमा निधन भएको हो । उनले १० पटक बिना अक्सिजन सगरमाथा आरोहण गरेका कारण ‘हिम चितुवा’ उपनाम दिईएको थियो ।
१० पटक बिना अक्सिजन सगरमाथा आरोहण गरेको वल्र्ड रेकर्ड शेर्पाको नाममा छ ।
उनको धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिने तयारी भईरहेको पारिवारले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया