काठमाडौं । असोज ६ गते रातीबाट देशका सबै नदीमा पानीको बहाव बढ्ने जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
असोज ६ गते राती देखि असोज ११ गतेसम्म सबै नदीमा पानीको मात्रा बढ्ने भएको सचेत रहन विभागले हाई अलर्ट जारी गरेको छ । महाशाखाले नदीमा पानीको वहाव उच्च हुने पूर्वानुमान रहेको भन्दै सबैलाई सचेत रहन आग्रह गरेको हो । साथै महाशाखाले असोज ६,७,८,९,१० र ११ गतेसम्म नदीतटीय क्षेत्रका क्रियाकलाप नगर्न र अति उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।
विभागले आफ्नो वेवसाईटमा एक सूचना जारी गर्दै यसको बारेमा जानकारी दिएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया