काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ९ लाख ६३ हजार ३ सय ६६ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका ३ करोड ११ लाख २२ हजार ९ सय १० जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट २ करोड २७ लाख २७ हजार २० सय ५ सय ५७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६१ हजार ४ सय ७४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा २ लाख ४ हजार ६ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १९ हजार ३ सय ५३ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६९ लाख ८६ हजार ७ सय ५६ पुगेको छ । हालसम्म ४२ लाख ३६ हजार ७ सय २१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १४ हजार ७७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र १ सय ८२ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ८७ हजार ३ सय १२ पुगेको छ । बितेको २४ घण्टामा ५१ हजार ६ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५४ लाख ४९ हजार ९ सय २ पुगेको छ । हालसम्म ४३ लाख ५३ हजार २९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ५ सय ३८ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा ३ हजार १ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमित संख्या ४५ लाख ३१ हजार ५ सय ३९ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण १ लाख ३६ हजार ६ सय ७७ जनाको ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार ४५ लाख ३१ हजार ५ सय ३९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै बितेको २४ घण्टामा कोरोनाको कारण १ सय १२ जनाको ज्यान गएको छ ।
त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १९ हजार ४ सय १८ पुगेको छ । बितेको २४ घण्टामा ६ हजार १ सय ४८ जनामा कोरोना पुष्टि भएको र ७९ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म ११ लाख ३ हजार ३ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ९ लाख ९ हजार ५७ सय जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।
पेरुमा हालसम्म पेरुमा ३१ हजार ३ सय ६९ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै ७ लाख ६२ हजार ८ सय ६५ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म ६ लाख ७ हजार ८ सय ३७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ४ सय २१ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
मेक्सिकोमा बितेको २४ घण्टामा ५ हजार १ सय ६७ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६ लाख ९४ हजार १ सय २१ पुगेको छ । हालसम्म कोरोनाको कारण ७३ हजार २ सय ५८ जनाको ज्यान गएको र पछिल्लो २४ घण्टामा मात्र ४ सय ५५ मृतक थपिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । हालसम्म मेक्सिकोमा ४ लाख ९६ हजार २ सय २४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये २ हजार ६ सय ९२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १५ हजार ९ सय ४० पुगेको छ । हालसम्म ६ लाख ५९ हजार ६ सय ५६ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये ५ सय ३९ जनाको अवस्था गम्भीर रहेको र ५ लाख ८९ हजार ४ सय ३४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै चिलिमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १२ हजार २ सय ८६ पुगेको छ । चिलिमा कुल संक्रमितको संख्या ४ लाख ४६ हजार २ सय ७४ पुगेको छ । त्यस्तै संक्रमितमध्ये ४ लाख १९ हजार ७ सय ४६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने संक्रमितमध्ये ९ सय १ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्पेनमा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३० हजार ४ सय ९५ पुगेको छ । हालसम्म ६ लाख ५९ हजार ३ सय ३४ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये १ हजार ३ सय ४५ जनाको अवस्था गम्भीर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया