काठमाडौं- नेपालमा कोरोना भाइरस ‘कोभिड- १९’ बाट थप १० जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ६ महिला र ४ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।
काठमाडौंमा ४०, ६० र ६३ वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको छ । यस्तै ललितपुरमा ७५, भक्तपुरमा ७२ र पाल्पा ४० वर्षिया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै धनुषामा ७६, काठमाडौंमा ८२, चितवनमा ८० र रुपन्देहीमा ६७ वर्षिय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ११ पुगेको छ ।
आज १ हजार ३ सय २५ जनामा कोरोना संक्रमण देखिएको छ ।
९ हजार ५ सय ८४ जनाको पीसीआर परीक्षण भएकोमा महिला ४ सय ६९ र पुरुष ८ सय ५६ जनामा संक्रमण देखिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार १ सय २२ जना पुगेको छ ।
काठमाडौंमा ६ सय २, भक्तपुर १ सय १ र ६४ जनामा संक्रमण देखिएको छ ।
आज देशभरी सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय ७८ जना रहेका छन् ।
आज संस्थागत प्रदेश नम्बर १ मा ३ सय ३, प्रदेश नम्बर २ मा ८ सय ७३, बाग्मती प्रदेशमा ५ हजार ३ सय ३९ र गण्डकी प्रदेशमा ६ सय ८९ जना रहेका छन् । प्रदेश नम्बर ५ मा १ हजार २ सय ७७, कर्णाली प्रदेशमा २ सय ५५ र सुदूरपश्चिम प्रदेशमा ३ सय ३५ गरी देशभरी संस्थागत आइसोलेसनमा ९ हजार ७१ जना संक्रमित रहेका छन् ।
होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार १ सय ८९, प्रदेश नम्बर २ मा ९ सय ९८, बाग्मती प्रदेशमा ४ हजार ६ सय १ र गण्डकी प्रदेशमा ३ सय १६ जना रहेका छन् । प्रदेश नम्बर ५ मा ७ सय ५६, कर्णाली प्रदेशमा २ सय ४ र सुदूरपश्चिम प्रदेशमा २ सय ४३ गरी देशभरी देशभरी होम आइसोलेसनमा ८ हजार ४ सय ७ जना संक्रमित रहेका छन् ।
आज १ सय ९० जना आइसियु र ३६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् । ७ हजार ४ सय ५१ जना क्वारेन्टिनमा रहेका छन् ।
आज ९ सय ६६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । आजसम्म प्रदेश नम्बर १ मा ४ हजा १ सय ९, प्रदेश नम्बर २ मा १२ हजार २ सय ३३, बाग्मती प्रदेशमा १० हजार ९ सय ४१ र गण्डकी प्रदेशमा २ हजार ७ सय ९ जना संक्रमित डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ८ हजार २ सय ९५, कर्णाली प्रदेशमा २ हजार ७ सय ४ र सुदूरपश्चिम प्रदेशमा ६ हजार २ सय ४३ गरी देशभरी ४६ हजार २ सय ३३ जना संक्रमित निको भएर घर फर्किएका छन् । यो कुल संक्रमितको ७२ प्रतिशत हो ।
हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ७ हजार ४५१ जना रहेका छन् ।
यस्तै काठमाडौंसहित, मोरङ, सुनसरी, सिरहा, मकवानपुर, ललितपुर, भक्तपुर,चितवन र रुपन्देही गरि ९ वटा जिल्लामा ५ सय बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।
डाक्टर गौतमका अनुसार सोलुखुम्बु, म्याग्दी, मुस्ताङ, डोल्पा, रसुवा, हुम्ला, मुगु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।
हिजो शनिवार नेपालमा १ हजार २०४ जनामा संक्रमण पुष्टि भएको थियो । १ हजार ४४७ जना संक्रमणमुक्त भएका थिए भने ११ जनाको मृत्यु भएको थियो ।
स्वास्थ्य मन्त्रालयको विवरण हेर्नुहोस् कुन जिल्लामा कति जनामा कोरोना संक्रमण ?


विश्वभर ६ सय ५५ जना नेपालीको कोरोनाबाट मृत्यु, १ लाख ८ सय ३१ जनामा संक्रमण
विश्वव्यापी महामारी कोरोना भाइरस ‘कोभिड – १९’ संक्रमणबाट विदेशमा यो साता थप १ जना नेपालीको मृत्यु पुष्टि भएको छ । यो साता अमेरिकामा थप एक जनाको मृत्यु भएको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले उल्लेख गरेको छ ।
योसँगै शनिवार साँझसम्म विदेशका विभिन्न १७ देशमा संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या २ सय ४४ पुगेको स्वास्थ्य समितिका संयोजक संजिव सापकोटाले बताए ।
स्वास्थ्य समितिका अनुसार यो साता यूके, स्पेन र भारत, लगायतका देशमा कोरोना संक्रमणदर सामान्य रुपमा वृद्धि भएको छ भने ब्राजिल र युगाण्डामा पनि नयाँ संक्रमण देखा परेको छ । समितिका अनुसार हालसम्म विश्वका ४२ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
कोरोना भाइरसका कारण हालसम्म अमेरिका, बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत १७ देशमा रहेका नेपालीहरुले ज्यान गुमाएका छन् ।
कोरोना संक्रमणका कारण नेपाल सहित विश्वभर जम्मा ६ सय ५५ जनाको निधन भएको स्वास्थ्य समितिले जनाएको छ ।
यस्तै विश्वभर १ लाख ८ सय ३१ जनामा नेपालीमा संक्रमण देखिएको छ भने ती मध्ये ७९ हजार ७ सय ८२ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपाल सहित कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या औसत ७० दशमलव ५ प्रतिशत रहेको छ ।
६९ हजार २ सय ८९ जनाको उद्धार
कोरोना भाइरसको संक्रमणपछि भएको विश्वव्यापी लकडाउनका कारण विदेशमा अलपत्र परेका, आफन्तकोमा गएर उतै रोकिएका र अन्य विविध कारण स्वदेश फर्कन नपाएका नेपालीको उद्धार कार्य जारी छ ।
हालसम्म गैरआवासीय नेपाली संघ, नेपाल सरकारका विदेशस्थित दूतावास तथा नियोगहरुको संयुक्त पहलमा ३० देशमा रहेका ६९ हजार २ सय ८९ जनाको उद्धार गरिएको एनआरएनएले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया