रुपन्देहीमा सेप्टीट्याङकी भित्र एक बालकको शव फेला

रुपन्देही । रुपन्देहीमा सेप्टीट्याङकी भित्र एक बालकको शव फेला परेको छ।

सिद्धार्थ नगरपालिका वार्ड १० दोदगहरीमा बस्ने १० बर्षका बालक सुग्रिम कुर्मी घर नजिकै सेप्टीट्याङकीमा मृत्त अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार हिजो हराएका कुर्मीको आज बिहान घरदेखी ४ मिटर दाढा छिमेकीको बन्दै गरेको घरको सेप्टी ट्याङ्कीको पानीमा डुबेरको अवस्था शव भेटिएको थियो । प्रहरीले घटनाकोबारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यता रुपन्देहीको तिलोत्तमा नगरपालिका १४ स्थित तिनाउ नदीमा एक पुरुषको शव फेला परेको छ । अन्दाजी ३० बर्ष पूरुषको नदी छेउमा भेटिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?