प्रहरीको सुरक्षा घेराको आइसोलेसनबाट भागेका एक पक्राउ

काठमाडौं । आइसोलेसन सेन्टरबाट भागेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको सुरक्षा घेरामा रहेको आइसोलेसनबाट भागेका रमेश तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

काभ्रेको नमोबुद्ध नगरपालिका–६ घर भएका तामाङ काभ्रेको सिउरीबाट पक्राउ परेका हुन् ।

पछिल्लो समय क्वारेन्टाइन तथा आइसोलेसनबाट भाग्नेहरुको संख्या बढिरहेकोा छ ।

गत भदौ १० गते चितवनको भरतपुरबाट भागेका एक कोरोना संक्रमितलाई प्रहरीले नुवाकोटमा पक्राउ गरेको थियो । १९ वर्षीय कोरोना संक्रमितलाई प्रहरीले पक्राउ गरेर जिल्ला अस्पतालको आइसोलेसनमा राखेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?