काठमाडौं । बलिउड अभिनेत्री रिया चक्रवर्ती अहिले ड्रग्स कनेक्शनमा सहभागी रहेपछि अहिले जेलमा रहेकी छन् ।
यसैबीच बिहीवार बलिउडलाई ड्रग्स सप्लाई गर्नेको नाम राहिल विश्राम रहेको पत्ता लागेको छ ।
ड्रग्स कनेक्शनमा अनुसन्धान गरिरहेको एनसीबीले मुम्बईमा आज छापा मारेर थप तीन जनालाई हिरासतमा लिएको छ । उनीहरुसँगबाट ५०० किलोग्राम ड्रग्स फेला परेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
यसको मूल्य एक ग्रामको भारतीय ६ देखि ८ हजार रुपैयाँसम्म पर्दछ । आज गिरफ्तार गरिएका ड्रग्स कारोवारीलाई हिरासतमा लिएर उनीहरुसँग अनुसन्धान भईरहेको बताइएको छ ।
ड्रग्स कनेक्सनमा बलिउडका २५ जना कलाकारहरुको नाम आएको छ । जसमा बलिउड अभिनेत्री सारा अली खानदेखि श्रद्धा कपूसम्मको रहेको छ ।
अभिनेत्री रिया चक्रवर्ती र उनका भाई शोविक अहिले हिरासतमै रहेका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया