काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आफू दुई तीन दिनमा नै अस्पतालबाट डिस्चार्ज हुने बताएका छन् । आज भिडियो सन्देश जारी गर्दै उनले अहिले आफू ओम अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा उपचार गरिरहेको र चाँडै नै निको भएर घर फर्किने बताएका हुन् ।
“ मेरो चिन्ता गर्नुपर्दैन, दुई तीन दिन अस्पताल बसेर म डिस्चार्ज हुन्छ”, उनले भिडियो सन्देशमा भनेका छन् । कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमण देखिएपछि उनी मङ्गलबार अस्पताल भर्ना भएका हुन् ।
होम आइसोलेसनमा रहेका कोइरालालाई ज्वरो आएपछि अस्पताल भर्ना गरेर उपचार भइरहेको अस्पतालका प्रवन्ध सञ्चालक बाबुकाजी कार्कीले जानकारी दिए । महामन्त्री डा कोइरालाको स्वास्थ्य अवस्थाबारे भ्रामक कुरा आएपछि अस्पतालले उनको भिडियो सन्देश जारी गरेको हो ।
https://www.facebook.com/Drshahankkoiralasecretariat/videos/648333805812452/?t=0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया