भारतमा अहिलेसम्म कोरोनाबाट ३८२ जना डाक्टरको मृत्यु

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै गईरहेको छ ।

हरेक दिन लाखौँ संक्रमितहरु भारतमा मात्र थपिएका छन् ।

बुधवार मात्रै पनि भारतमा ९७ हजार ८५६ जना संक्रमित थपिएका छन् । अहिले भारतमा ५१ लाख १८ हजार ६०५ जना भन्दा धेरै संक्रमित रहेका छन् ।

यसैबीच कोरोना भाइरसको संक्रमणका कारण भारतमा अहिलेसम्म ३८२ जना डाक्टरको ज्यान गएको छ । उनीहरु २७ वर्षदेखि ८५ वर्ष उमेरका रहेको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?