के सुशान्त सिंह राजपूतको हत्या भएको थियो ?

काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गत जून १४ मा बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए ।

उनको आत्महत्या हो वा हत्या भएको हो भन्ने बारेमा आईतवार रहस्य खुल्ने भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । एम्सका विशेषज्ञको टिमले आईतवार यस कुराको फैसला गर्ने भएका छन् ।

त्यसपछि सुशान्त आत्महत्या केस प्रकरण सकिनेछ । एम्सका फोरेन्सिक विशेषज्ञ सुधीर गुप्ताको नेतृत्वमा डाक्टरको प्यानल आईतवार एक अहम बैठकमा बस्ने भएको छ ।

जसमा सुशान्त सिंह राजपूतको ओटोप्सी रिपोर्ट र भिसेरा परीक्षण रिपोर्टमाथि चर्चा हुनेछ । यस केसमा उक्त दिन नै अन्तिम फैसला हुने बताइएको छ ।

फोरेन्सिक विशेषज्ञले सुशान्तको पुनः भिसेरा परीक्षण गरेका छन् । उनीहरुले शुक्रवार एम्सका डाक्टरहरुलार्य बुझाउने छन् ।

अब यहि रिपोर्टबाटै सुशान्तलाई विष दिइएको थियो वा थिएन भनेर पत्ता लाग्नेछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?