काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ९ लाख ४२ हजार ४ सय ६६ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ९९ लाख १५ हजार १ सय २२ जनामा कोरोना संक्रमण फैलिएको छ ।
हालसम्म विश्वभरबाट २ करोड १६ लाख ४ हजार २ सय ६९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६० हजार ९ सय ६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ८३ हजार २ सय ६ पुगेको छ । बितेको २४ घण्टामा ९३ हजार ८ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५१ लाख ११ हजार ८ सय २४ पुगेको छ ।
हालसम्म ४० लाख १७ हजार ५ सय ३३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ हजार १ सय १५ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया