काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप १ हजार ६८ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेहरुको संख्या ४१ हजार ७ सय ६ रहेको छ ।
कुल संक्रमित मध्ये ७१.५ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।
कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?
प्रदेश १ मा ३८८५ जना
प्रदेश २ मा ११०५६ जना
वाग्मती प्रदेश ७८१९ जना
गण्डकी प्रदेशमा २२७० जना
प्रदेश ५ मा ६५०० जना
कर्णाली प्रदेशमा २५२५ जना
सुदूरपश्चिम प्रदेशमा ५९२१ जना
बितेको २४ घण्टामा नेपालमा थप १ हजार ५ सय ३९ जनामा कोरोना भाइरस ‘कोभिड-१९’ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १० हजार ९ सय ९४ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ ।
यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या Active case १६ हजार २४२ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ७ हजार ७०१ जना र संस्थागत आईसोलेसनमा ८ हजार ५४१ जना छन् । तिमध्ये १७३ जना संक्रमितको आईसियु र २६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ७ हजार ८२० जना रहेका छन् । यस्तै काठमाडौंसहित, भक्तपुर चितवन मकवानपुर सर्लाही रुपन्देही सुनसरी सिराह गरि ८ वटा जिल्लामा ५ सय बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले बताएका छन् ।
डाक्टर गौतमका अनुसार सोलुखुम्बु, म्याग्दी, मुस्ताङ, डोल्पा, हुम्ला, मुगु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।
कोरोना भाईरस संक्रमणका कारण नेपालमा बितेको २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३७९ पुगेको छ ।
नेपालमा हिजो (मंगलबार) काठमाडौं उपत्यकामा ६७६ सहित १ हजार ४५९ जना कोरोना संक्रमित थपिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया