काठमाडौं – नेपालमा कोरोना भाइरस ‘कोभिड – १९’ संक्रमण बाट थप ११ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ४ महिला र ७ जना पुरुषको कोरोना संक्रमण बाट मृत्यु भएको हो ।
काठमाडौंमा एक महिला र ३ पुरुष गरी ४ जनाको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ८६ वर्षिया महिला तथा ३४, ९६ र ६६ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । यस्तै सिराहामा ३५ वर्षिया, बारामा ५५ वर्षिया र रुपन्देहीमा ६४ वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको छ । यसैगरी सर्लाहीमा ६४ वर्षिय, बारामा ५५ वर्षिय, मकवानपुरमा ६१ वर्षिय र कपिलवस्तुमा ५८ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ७१ पुगेको छ ।
आज थप १ हजार ६२ जना संक्रमणमुक्त भएका छन् ।
आजसम्म संक्रमण हुनेको संख्या देशभरी ४० हजार ६ सय ३८ रहेको छ ।
आज देशभरी १ हजार ४ सय ५९ जनामा कोरोना संक्रमण देखिएको छ । आज गरिएको १० हजार ३ सय ७५ पीसीआर परीक्षणमा महिला ४ सय ४६ र पुरुष १ हजार १३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
आज काठमाडौंमा ५ सय ५५, ललितपुरमा ३५ र भक्तपुरमा ८६ जनामा संक्रमण देखिएको छ ।
आजसम्म पीसीआर विधिबाट ८ लाख ६१ हजार ७ सय ८० जनाको कोरोना परीक्षण भएकोमा ५६ हजार ७ सय ८८ जनामा संक्रमण देखिएको छ ।
आज देशभरी सक्रिय संक्रमितको संख्या १५ हजार ७ सय ७९ जना रहेको छ । जसमा होम आइसोलेसनमा ७ हजार ६ सय ४० र संस्थागतमा ८ हजार १ सय ३९ जना उपचाररत रहेका छन् ।
यस्तै आइसियुमा १ सय ७४ र भेन्टिलेटरमा २८ जना संक्रमित उपचाररत रहेका छन ।
क्वारेन्टिनमा ७ हजार २ सय ५० जना रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जिल्लागत विवरण यस्तो छ :


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया