काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा ५५ जना, भक्तपुरमा ८६ जना र ललितपुरमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो समय काठमाडौं उपत्यका लगायत देशभर कोरोना संक्रमणको जोखिम बढिरहेको छ ।
त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ३७१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोनाको कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु भएकामध्ये ४ जना महिला र ७ जना पुरुष रहेका छन् । पछिल्लो समय नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या बढिरहेको छ । हिजो मात्र नेपालमा कोरोनाको कारण १४ जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया