कोरोना बीमा र मापदण्डविरुद्ध सर्वोच्चमा मुद्दा

काठमाडौं । कोरोना बीमा र मापदण्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ ।

अधिवक्ता भाइराजा राई र दावा तामाङले संयुक्त रुपमा सोमबार सो रिट दायर गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, अर्थ मन्त्रालय र बीमा समितिलाई सो रिटमा विपक्षी बनाइएको छ ।

अधिवक्ताद्वय राई र तामाङले दायर गरेको रिट निवेदनमा बीमा समितिले जारी गरेको कोरोना बीमासम्बन्धी मापदण्डमा उल्लेखित प्रावधानका बुँदाप्रति असहमति जनाउँदै खारेज गर्न माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?