काठमाडौं – सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा – ७ स्थित घुम्थाङको भीरखर्क र नागपूजेमा शनिवार मध्यराति गएको पहिरोमा परी बेपत्ता भएका थप दुई जनाको शव भेटिएसँगै भीरखर्क र नागपूजे पहिरोमा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ। पहिरोमा पुरिएर अझै १८ जना बेपत्ता छन् । कोरोनाको महामारीकाबीच सिन्धुपाल्चोकले पटक पटक गरी यो वर्षात् मा मात्रै ठूला तीनवटा पहिरोमा ठूलो जनधनको क्षति व्यहोर्नुपर्यो ।
पहिरोले ३० घर पूर्ण रुपमा क्षति भएसँगै विस्थापित भएकाहरुको लागि ‘वैकल्पिक बासस्थान’ बनाउन थालिएको छ।
कोरोनाको महामारीका बीच आईपरेको संकटमा मल्हम लगाउन विभिन्न स्थानबाट अभियन्ताहरुले नगद र जिन्सी सहयोग संकलन गरिरहेका छन् । काठमाडौं लगायत देशका अन्य विभिन्न स्थानबाट पहिरो प्रभावितको लागि राहत जान थालेको छ ।
यसैबीच कोरोनाको विषम परिस्थिती भएका कारण भिडभाड गर्न नहुने, एकद्वार प्रणाली नहुँदा राहत वितरणमा समस्या हुनसक्ने गाउँमै रहेकाहरु अन्य बाहिरी मानिसको सम्पर्कमा रहँदा कोरोना फैलनसक्ने स्थितीलाई मध्येनजर गर्दै बाह्रबिसे नगरपालिकाले एक ‘सूचना’ जारी गर्दै राहत वितरणकर्तालाई नगरपालिकामा समन्वय गर्न अनुरोध गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश गौतमद्वारा हस्ताक्षरित विज्ञप्तीमा राहत वितरणमा एकरुपमा ल्याउन राहत लैजानेहरुले नगरपालिकासाग समन्वय गरिदिनको लागि अनुरोध गरिएको छ ।
यस्तै बार्हबिसे नगरपालिकाका मेयर निमफूञ्जो शेर्पाले राहत वितरणमा एकरुपता ल्याउन समन्वयात्मक भूमिकाको लागि सबैसँग आग्रह गरेको बताएका छन् । शनिवार साँझ एक विज्ञप्ति जारी गर्दै मेयर शेर्पाले ‘नगरपालिकाको तर्फबाट मृतकहरुको सामाजिक संस्कारअनुसारको अन्त्येष्टिका लागि तत्कालै प्रति मृतक रु एक लाख रुपैयाँ परिवारलाई सहयोग घोषणा गर्दै घाइतेहरुको सम्पूर्ण उपचार खर्च नगरपालिकाको तर्फबाट हुने जानकारी गराइसकेका छन् ।’
हेर्नुहोस् नगरपालिकाको सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया