काठमाडौं । नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
आईतवार स्टार अस्पतालमा गरिएको स्वाब परीक्षणका क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि उनी अहिले सोल्टीहोटलको आइसोलेसनमा रहेको बुझिएको छ ।
उनीसँगै नेपाल वायुसेवा निगमको वाइडबडी जहाज उडाएका बेलायती क्याप्टेन उदय कोल्हात्करलाई पनि संक्रमण पुष्टि भएको छ।
उनीहरुले तीन दिनअघि मात्र शान्ति मिसनमा खटिएको नेपाली सेनाको टोलीलाई बाइडबडी जहाजबाट अफ्रिकी मुलुक दक्षिण सुडान पुर्याएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया