काठमाडौं – सरकारले कोरोना भाइरस ‘कोभिड-१९’ संक्रमण भए /नभएको जाँच्नको लागि गरिने पीसीआर टेष्ट (PCR )को परिक्षण शुल्क घटाएको छ ।
नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार आजै (आइतबार) बाट लागू हुने गरी सरकारले पीसीआर परीक्षणको अधिकतम शुल्क दुई हजार रुपैयाँ निर्धारण गरेको हो ।
शुरुमा ५ हजार ५ सय रुपैयाँमा पीसीआर परीक्षण गर्ने निर्णय गरेको सरकारले गत भदौ १४ गते ११ सय रुपैयाँ घटाएर अधिकतम ४ हजार ४ सय रुपैयाँ लिएर पीसीआर गराउन पाईने निर्णय थियो ।
पीसीआर परीक्षणको शुल्क २४ सय रुपैयाँ घटेसँगै अब दुई हजार रुपैयाँमा कोरोना परीक्षण गर्न पाईनेछ ।
सरकारले सरकारी र निजी सबै प्रयोगशालामा अब दुई हजारभन्दा बढी शुल्क लिन नपाउने गरी निर्णय गरेको हो ।
नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार १ सय ६५ वटा नमूना जाँच गरिएकोमा हालसम्म ८ लाख ४० हजार ५ सय २७ जनाको पीसीआर परिक्षण गरिएको छ।
सरकारले सरकारी अस्पतालको ल्याबमा पनि ५० प्रतिशत मूल्य तिरेर पीसीआर गर्न सकिने ब्यवस्था यसअघिको मूल्य समायोजनसँगै गरेको थियो ।
कोरोना संक्रमितको ‘कन्ट्याक ट्रेसिङ’ मा परेका व्यक्तिहरुको भने निशुल्क पीसीआर जाँच हुँदै आएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया