काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा ४८३ जना, भक्तपुरमा ८१ जना र ललितपुरमा ३३ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो समय काठमाडौं उपत्यका लगायत देशभर कोरोना संक्रमितको संख्या बढिरहेको छ ।
मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३९ जनामा कोरोना पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५४ हजार १ सय ६९ पुगेको छ । त्यस्तै हालसम्म नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या
पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र थप ९ जनाको कोरोनाको कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हालसम्म कुल संक्रमितको प्रतिशत ७१ दशमलव ५ अर्थात ३८ हजार ६ सय ९७ जना घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा मात्र थप १ हजार १ सय ७३ जना कोरोना मुक्त भएर घर फर्किएका हुन् । त्यस्तै नेपालमा हाल १५ हजार १ सय १७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया