‘एक्स ब्वाईफ्रेण्ड’ सुशान्तको यादमा अंकिताले रोपिन् बिरुवा

काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गत जून १४ मा बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरे ।

त्यसपछि उनको आत्महत्या प्रकरणमा अहिले सीबीआईले अनुसन्धान गरिरहेको छ ।

ड्रग्स केसमा एनसीबीले सुशान्तकी प्रेमिका तथा बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई जेल चलान गरेको छ ।

यसैबीच सुशान्तकी पूर्व प्रेमीका अंकिता लोखण्डेले सुशान्तको सम्झनामा वृक्षारोपण गरेकी छन् । उनले वृक्षारोपण गरेको भिडियो अहिले सोसल मिडियामा भाइरल बनिरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?