काठमाडौं । जम्मू-कश्मिरमा केन्द्रिय रिजर्भ पुलिस बल (सीआरपीएफ) का एक जवानले जम्मूको बाहिरी क्षेत्रमा आफ्ना एक आफन्तको घरमा आफ्नी श्रीमतीलाई गोली हानेर हत्या गरेका छन् ।
श्रीमतीको हत्यापछि उनले स्वयं गोली हानेर आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । उक्त समयमा उनले आफ्नी सालीमाथि पनि हमला गरेको बताइएको छ ।
जसका कारण साली गम्भीर घाईते भएकी छन् । कन्स्टेबल मदन सिंह (३८) ले पहिला श्रीमतीको हत्या गरेर आफूले आत्महत्या गरेको बताइएको छ ।
उनले श्रीमती दीप्ति रानी (३५) लाई गोली हानेर हत्या गरेका हुन् । विवादका कारण आफन्तको घरमा गएकी दीप्तीलाई त्यहाँ नै गएर मारेको बताइएको छ ।
उक्त समयमा साली ढोकामा आएपछि उनलाई पनि जवानले गोली हानेको बताइएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया