काठमाडौं । भारत र चीनको सीमावर्ती क्षेत्र पूर्वी लद्दाखमा चीनले तोप र ट्यांक तैनाथ गरेको छ ।
भारत र चीनको सीमामा भएको झडपका कारण दुबै देशबीचको सम्बन्ध बिग्रिँदै गएको छ ।
यसैबीच चीनले पूर्वी लद्दाखको प्यांगोंग त्सोको दक्षिणी क्षेत्रको स्पांगुर ग्यापमा भारी संख्यामा सैनिक, ट्यांक र तोप तैनाथ गरेको भारतीय सञ्चानरमाध्यमहरुले बताएका छन् ।
यो क्षेत्र भारतीय सेनाको राइफल रेन्ज नजिक रहेको छ । त्यसपछि भारतले पनि आफ्ना सेनालाई अलर्टमा राखेको बताइएको छ ।
गत जून १५ तारिखमा भएको पहिलो हिंसात्मक झडपमा २० भारतीय सेनाले ज्यान गुमाएका थिए भने दोश्रो झडप २९ अगस्टमा एक भारतीय सैनिकको ज्यान गएको थियो ।
त्यसपछि दुबै देशबीचको अवस्था तनावपूर्ण रहेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया