सिन्धुपाल्चोकमा पहिरो, कम्तिमा १६ बेपत्ता

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसेमा पहिरो जाँदा कम्तिमा १६ जना बेपत्ता भएका छन् । बाह्रबिसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा गएराति खसेको पहिरोले कम्तीमा ८ घर पुरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । यस्तै घटनामा कम्तिमा १६ जना हराएका छन् ।

स्थानीय शिक्षक बजीर भण्डारीका अनुसार नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता छन् । भीरखर्कका पुरिएका घर र बेपत्ता मानिसबारे नजिक पुगेर जानकारी लिन कठिन रहेको स्थानीयवासीको भनाइ छ ।

त्यस्तै जुगल गाउँपालिका–५ चनौटेमा पनि पहिरो जाँदा केही घरहरु पुरिएको छ । त्यहाँ मानवीय क्षति नभएको बताइएको छ । घटना थाहा हुनेबित्तिकै प्रहरी घटनास्थलतर्फ लागेको प्रमुख जिल्ला अधिकारी ढकालको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?