काठमाडौं । नेपाल कोरोना संक्रमणको हिसावले विश्वको ५५ औँ स्थानमा रहेको छ ।
हालसम्म नेपालमा कोरोनाको कारण ३३६ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा १ हजार २ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५३ हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो समयमा नेपालमा कोराना संक्रमणको दर बढिरहेको छ । बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १४ जनाको ज्यान गइसकेको छ ।
हालसम्म कुल संक्रमितमध्ये ७० दशमलव ६ प्रतिशत अर्थात ३७ हजार ५ सय २४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो समाचार तयार पार्दासम्म विश्वभर कोरोनाको कारण ९ लाख २२ हजार ४ सय ५४ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ । वल्डोमिटर्सको तथ्यांकअनुसार २ करोड ८८ लाख २६ हजार ५ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने हालसम्म २ करोड ७ लाख ८ सय ८१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया