अमेरिकामा बितेको २४ घण्टामै थपिए १९ हजार बढी कोरोना संक्रमित

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ९ लाख १६ हजार ८ सय १५ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ८५ लाख २० हजार ८ सय ९७ जनामा कोरोना संक्रमण फैलिएको छ ।

हालसम्म विश्वभरबाट २ करोड ४ लाख ६७ हजार ४ सय ९३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६० हजार ८ सय ५ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ९६ हजार ७ सय ६२ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १९ हजार २ सय ५५ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६६ लाख ७ हजार ४ सय १५ पुगेको छ ।

हालसम्म ३८ लाख ८३ हजार ७ सय ४१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १४ हजार ५ सय ५ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ४ सय ३५ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?