धरानमा फेरि गयो कोरोना संक्रमितको ज्यान

काठमाडौं । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोराना संक्रमितको फेरि मृत्यु भएको छ ।

सुनसरीको झुम्का कारागारका ४३ वर्षीय पुरुषको आज मृत्यु भएको हो ।

बिगत १ बर्षदेखि झुम्का कारागार रहेका उनी १० दिन रहेको बताइएको छ । पछिल्लो समय खोकी र श्वासप्रश्वासमामा कठिन भएको जानकारी आएको प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाले जानकारी दिए ।

उनमा गत भदौ २६ गते नै कोरोना पुष्टि भएको थियो । हालसम्म धरानस्थित सो अस्पतालमा २४ को कोरोनाबाट मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?