भक्तपुर विभत्स घटना अपडेट : घरमा पालेको कुकुर पनि मृत भेटियो

काठमाडौं । भक्तपुरमा भएको विभत्स घटना केही दिन अगाडी नै भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । शवहरु गन्हाएको अवस्थामा फेला परेका कारण घरका तीन सदस्यसहित घरमा पालेको कुकुरको समेत विभत्स हत्या प्रकरण केही दिन अघि भएको हुनसक्ने प्रहरीले आशंका गरेको हो ।

भक्तपुरको निकोसेरा मध्यपुर ठिमि स्थित एकै परिवारका तीन सदस्यसहित घरमा पालेको कुकुर मृत अवस्थामा फेला परेका हुन् । प्रहरीका अनुसार ३६ वर्षीय सुदिप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारीको शव फेला परेको हो । प्राप्त जानकारी अनुसार सोही घरमा पालेको कुकुर पनि मृत अवस्थामा फेला परेको छ ।

मृतकका भाइ सुनिल अधिकारी घरमा जाँदा घरको दोस्रो तल्लामा सम्झना अधिकारी र कुकुरको शव, तेस्रो तलामा छोरा सुशान्त र त्यसभन्दा माथिल्लो तलामा बुबा सुदिप अधिकारीको शव फेला परेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको भक्तपुरका प्रहरी प्रवक्ता डिएसपी दिपक गिरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?