काठमाडौँ।नेकपाको स्थायी कमिटीको शुक्रबार बस्दैछ । बैठकमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रस्तावमाथि छलफल हुनेछ । ओली र प्रचण्डले तयार पारेको १५ बुँदे प्रस्ताव यसअघि नै अध्ययनका लागि स्थायी कमिटीका सदस्यहरूलाई समेत पठाइसकिएको थियो ।
ओली र प्रचण्डले स्थायी कमिटीका सदस्यलाई पठाएको प्रस्तावमा पार्टी एकताको महत्वलाई आत्मसात् गर्ने, पार्टीमा पद्धति र संस्थागत प्रणालीलाई सबल तुल्याउने, अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट
गर्ने, पार्टी एकताका बाँकी काम सम्पन्न गर्नुपर्ने उल्लेख छन् ।
त्यस्तै एकताको राष्ट्रि«य महाधिवेशन आयोजना गर्ने, सरकारको काम, संसदीय दलको भूमिका, प्रदेश सरकार र स्थानीय तहको भूमिका प्रभावकारी बनाउने लगायत उल्लेख गरिएको छ ।
नेकपाभित्र विवाद समाधानका लागि गठन भएको कार्यदलको सुझावका आधारमा प्रस्ताव तयार गरिएको बताइएको छ । स्थायी समिति बैठकपछि मन्त्रिमण्डल पुनर्गठन हुने बुझिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया