काठमाडौं । कोरोना संक्रमणको हिसावले नेपाल विश्वको ५५ औँ स्थानमा रहेको छ । हालसम्म नेपालमा ५० हजार ४ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोनाको कारण ३ सय १७ जनाको मृत्यु भएको छ ।
त्यस्तै कुल संक्रमितमध्ये ७१ प्रतिशत अर्थात ३५ हजार ७ सय जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा मात्र १८ सय १८ जना कोरोना मुक्त भइ घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा मात्र १ हजार २ सय ४२ जनामा कोरोना संक्रमण देखिएको र थप ६ जना मृतक थपिएको छ ।
यो समाचार तयार पार्दासम्म विश्वभर कोरोनाको कारण ९ लाख १० हजार ८ सय ५८ जनाको ज्यान गएको छ । हालसम्म २ करोड, ८१ लाख ८१ हजार ५ सय २७ जनामा कोरोना संक्रमण देखिएको र २ करोड २ लाख १४ हजार ६ सय ९ जना कोरोना मुक्त भइ घर फर्किएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया