नकारात्मक सूचीमा नरहेका कैदीबन्दीलाई रिहा गर्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले नकारात्मक सूचीमा नरहेका तथा असल चालचलन भएका कैदबन्दीलाई रिहा गर्न परमादेश जारी गरेको छ। कोरोना महामारीको जोखिमलाई ध्यानमा राख्दै सर्वोच्चले त्यस्तो परमादेश जारी गरेको हो ।

सर्वोच्चमा गोपाल शिवाकोटी ‘चिन्तन’, मानबहादुर रावत लगायतले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र सपना प्रधान मल्लको इजलासले सरकारका नाममा यस्तो परमादेश जारी गरेको हो ।

सरकारको नाममा जारी गरिएको परमादेशमा उच्च जोखिममा रहेका कैदीबन्दीको जीवन संरक्षणका लागि तत्काल नै कारागारको भीडभाड कम गर्न कमजोर स्वास्थ्य अवस्था रहेका बालबालिका, गर्भवती महिला दूध चुसाइरहेका महिलालाई प्राथमिकताका आधारमा पहिचान गरी रिहा गर्नका लागि भनिएको छ ।

त्यस्तै सार्वजनिक सुरक्षा तथा कसुरको प्रकृतिलाई समेत ध्यानमा राखी दुवैबीच सन्तुलन कायम गरी संक्रामक रोग ऐन, २०२० को दफा २ प्रयोग गरी अहिले महामारी रोकथामको लागि नेपाल सरकारबाट आदेश तथा निर्णय भइरहेको सन्दर्भमा तत्काल छोड्ने वा सजाय कम वा छुट गर्ने वा अन्य कुनै उपयुक्त विशेष निर्णय लिनको लागि निर्देशनात्मक आदेश समेत सर्वोच्चले जारी गरेको छ।

[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2020/09/076-WO-0939-गोपाल-सिवाकोटी-9-September.pdf” title=”076-WO-0939 गोपाल सिवाकोटी 9 September”]

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?